• टोकियो ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायमै राखेको छ । हालसम्म चीनले ३२ स्वर्ण, २२ रजत र १६ कास्यसहित कुल ७० पदक जितेर आफुलाई शीर्ष स्थानमा कायम राखेको हो ।

    अमेरिका २५ स्वर्ण, ३१ रजत र २३ कास्यसहित दोस्रो स्थानमा रहेको छ । यसैगरी आयोजक जापान २१ स्वर्ण, ७ रजत र १२ कास्य पदकसहित तेस्रो स्थानमा छ । यसैगरी हालसम्म अस्टेलिया र बेलायतले १५–१५, रसियन ओलम्पिक टिमले १४ र जर्मनीले ८ स्वर्ण हात पारेको छ । त्यसैगरी, फ्रान्स, इटली, नेदरल्याण्ड, दक्षिण कोरिया र न्यूजिल्याण्डले समान ६–६ स्वर्ण जितेका छन् ।

    यस्तै क्युवाले ५, हंगेरी, ब्राजिल, क्यानडा र चेक रिपब्लिकले ४–४ स्वर्ण हात पारेका छन् । यस्तै स्वीट्जरल्याण्ड, पोल्याण्ड र क्रोयशियाले तीन तीन स्वर्ण जितेका छन । स्वीडेन, चाइनिज ताइपेइ, कतार, ग्रिस, इक्वेडर, स्लोभानिया, कोसोभो लगायतका १३ राष्ट्रले दुई दुई स्वर्ण पदक जितेका छन भने २७ देशले एक–एक स्वर्ण पदक हात पारेका छन् ।

4565