• बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारैजना पदाधिकारीलाई बर्खास्त गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र प्रतिष्ठान शुद्धीकरण अभियानबीच भएको सहमतिमा पदाधिकारी वर्खास्त गर्ने प्रक्रिया आजैबाट थालिने उल्लेख छ ।

    प्रतिष्ठान शुद्धीकरण अभियानका अभियन्ताले उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरुप्रसाद खनाल, रजिस्ट्रार मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक गौरीशंकर साहले अनियमितता गरेको आरोप लगाउँदै उनीहरुलाई पदबाट हटाई छानविन गर्नुपर्ने माग राखेका थिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेललगायत तीन सदस्यीय टोली र संघर्ष समिति संयोजक डा. एसपी रिमालले ६ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन ।

    सहमतिसँगै संघर्ष समितिले अस्पतालमा रोकेका सेवाहरु सुरु गर्ने भएको छ । संघर्ष समितिमा आवद्ध चिकित्सक सहितका स्वास्थ्यकर्मीहरु आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरेर आन्दोलित भएका थिए । भानुभक्त ढकाल स्वास्थ्य मन्त्री हुँदा बीपी प्रतिष्ठानमा राजनीतिक नियुक्ति लिएका पदाधिकारी अनियमिततामा मुछिएका छन् ।

4565