• प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएका छन् । प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रक्रिया समेत सुरु भइसकेको छ । प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर पदबाट राजीनामा दिन भनेकी छन् । उनले शाक्यालाई अहिलेसम्मको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै राजीनामा दिन भनेकी हुन् ।

    शाक्यले प्राधिकरण प्रमुखको जिम्मेवारी सम्हालेयता प्राधिकरणको नाफा घटेको, अनाधिकृत रुपमा विद्युत् कटौती हुने क्रम र विद्युत् चुहावट बढेको भन्दै प्रधानमन्त्री देउवाले कुलमानलाई नै प्राधिकरणको नेतृत्वमा ल्याउन उर्जामन्त्रीलाई निर्देशन दिएका हुन् । २०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

4565