-
दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइनको तार काटेर एक जना नेपाली युवाको मृत्यु भएको घटनाको बयान फेर्न प्रत्यक्षदर्शीलाई धम्की आएको छ । भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ले बयान फेर्न प्रत्यक्षदर्शीलाई धम्की दिएको स्थानीयले बताएका हुन ।
सरकारले गठन गरेको अनुसन्धान टोलीले प्रत्यक्षदर्शीलाई सदरमुकाम बोलाएपछि भारतीय पक्षवाट धम्की आएको हो । महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामी बेपत्ता भएपछि खलंगा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थिती समेत बढेको छ । तुइन तर्दै गर्दा देख्ने तीन जनालाई जिल्ला प्रशासन कार्यालय बोलाएर प्रशासनले सोधपुछ गरेको छ । घटनाको छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय टोली गठन गरेको छ ।
टोली सोमबार दार्चुला पुगेर काम थालेको छ । दार्चुलाको व्यासबाट भारतको पिथौरागढको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा आउन लाग्दा स्थानीय ३३ वर्षीय धामी महाकाली नदिमा बेपत्ता भएका थिए । उनी महाकाली नदी तर्दै गर्दा भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा काटेको प्रतक्ष्यदर्शीले बताउदै आएका छन । तर भारतीय सुरक्षाकर्मीले त्यसलाई अस्वीकार गर्दै आएका छन । घटनाको राष्ट्रिय रुपमा चर्को विरोध हुँदै आएको छ ।
News Desk 0 response मङ्लबार, साउन १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३