• नेपालमा थप ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर गरिएको १० हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ४८ र ६ हजार ८० एन्टीजेन परिक्षणका क्रममा ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ७ लाख ६५ हजार ८ सय १५ पुगेको छ ।

    त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा ९ हजार ९ सय २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ९ सय ९४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ६० हजार १ सय १६ संक्रमितले कोरोना जितेका छन् । हाल ३२ हजार ५९ सक्रिय संक्रमित आइशोलेशन र ३ सय ७१ जना क्वारेन्टाइनमा छन् ।

    संक्रमण पहिचानका लागि हालसम्म नेपालमा ३६ लाख ३३ हजार १ सय १८ वटा नमुना पिसिआर र ३ लाख ३१ हजार ८ सय ७९ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

4565