• बिभिन्न माग राख्दै आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा तनाव उत्पन्न भएको छ । आइतबार अस्पतालको प्रशासकीय अधिकृत डा। जागेश्वर गौतमसंग छलफल गर्ने क्रममा प्रहरी हस्तक्षेप भएको आन्दोलनरत स्वास्थ्यकर्मी र कर्मचारीले आरोप लगाएका छन् । प्रहरीले लाठीचार्ज गरेर केहि स्वास्थ्य कर्मी र कर्मचारी घाइते बनाएको वीर अस्पताल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुमराज आचार्यले बताए ।

    स्वास्थ्यकर्मी र कर्मचारीको प्रदर्शनका कारण अस्पतालको सेवा प्रभावित भएको छ । स्वास्थ्यकर्मी र कर्मचारीहरुले आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोरोना जोखिम भत्ता नपाएको कर्मचारीहरुले गुनासो गरेका छन् ।

4565