• म्याद गुज्रेका विभिन्न सामानहरूमा नयाँ मिति राखेर बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको सानो भ¥याङस्थित गोदाममा छापा मार्दा म्याद गुज्रिएको सामानमा नयाँ मिति राख्ने गरेको पाइएको हो । सो क्रममा प्रहरीले वीरगन्ज घर भएका अविनाश अग्रवाल र महावीर गुज्जर रहेका छन् । महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले घरायसी सामानहरुलाई नयाँ मिति राखेर बजारमा पठाइएको पाइएको जानकारी दिए ।

    प्रहरीसहित पुगेको बाणिज्य बिभागको टोलीले उक्त घरमा सिलवन्दी गरेको छ । विशेष सूचनाका आधारमा अपराध महाशाखा र वाणिज्य विभागको संयुक्त टोलीले गोदामबाट टोलीले एक करोडभन्दा बढीको मिति गुज्रेका सामानहरु बरामद गरेको छ । बरामद सामग्रीहरुमा कस्मेटिक, एयरफ्रेसनर, स्याम्पू, सरसफाइका सामग्री आदि रहेका छन् । म्याद गुज्रेका सामानमा बिग मार्ट, भाटभटेनी र सेल्स बेरीलगायत डिपार्टमेन्ट स्टोरका लेबलहरु पनि बरामद गरिएको छ ।

4565