-
शहिद स्मारक ए डिभिजन लिग करिब दुई महिना पछि सरेको छ । क्लबहरुको असन्तुष्टिपछि अखिल नेपाल फुटबल संघ–एन्फाले लिग सारेको हो । एन्फाले लिग कात्तिक २९ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । यसअघि असोज ३ गतेबाट प्रतियोगिता सुरु गर्ने निर्णय भएको थियो । एन्फा र ए डिभिजन क्लबहरुबीच भएको बैठकपछि उक्त निर्णय लिइएको हो ।
नेपालले असोजको तेस्रो सातादेखि साफ च्याम्पियनसिपसमेत आयोजना गर्न सक्ने भएकाले ए डिभिजन लिग सार्नु परेको एन्फाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । प्रतियोगिताको विजेताले ७५ लाख रुपैयाँ पाउने छ । यसअघि गत संस्करणमा ५० लाख रुपैयाँ प्रदान गरिएको थियो । दोस्रोले ५० लाख र तेस्रोले २५ लाख रुपैयाँ पाउने छन । तयारीबापत सबै १४ क्लबले २-२ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ । तालिकाका अन्तिम दुई टोली बी डिभिजनमा घटुवा हुने छन् ।
News Desk 0 response आइतवार, साउन १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३