• जापानमा जारी ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा चीनले आफ्नो अग्रता अझै कायम राखेको छ । हालसम्म चीनले २० स्वर्णसहित कुल ४२ पदक जितेर आफुलाई शीर्ष स्थानमा कायम राखेको हो । जापान १७ स्वर्ण पदकसहित दोस्रो स्थानमा छ । अमेरिकाले १६, रसियन ओलम्पिक टिम र अष्ट्रेलिया १०–१० स्वर्ण जितेका छन ।

    बेलायतले ८, दक्षिण कोरियाले ५, नेदरल्यान्ड्स, क्रोएसिया, चेक रिपब्लिक, जर्मनी, क्यानडा, न्युजिल्याण्ड र फ्रान्सले तीन तीन स्वर्ण जितेका छन । इटाली, हंगेरी, स्लोभानिया र कोसोभोले दुई दुई स्वर्ण जितेका छन । २५ देशले एक–एक स्वर्ण जितेका छन । हालसम्म १ सय ४० स्वर्ण पदकको छिनोफानो भैसकेको छ । नेपालका पाँच खेलाडी भने पदकविहीन भएर फर्केका छन ।

4565