• नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । महिलाको एक सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । ओलम्पिक स्टेडियमको ट्रयाकमा शुक्रबार बिहान सरस्वतीले निर्धारित दुरी १२ दशमलब ९१ सेकेन्डमा पूरा गरिन् ।

    दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन् । यस हिटमा नौ खेलाडी रहेका थिए । सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२ दशमलब ५५ सकेन्ड रहेको छ । यस्तै यस स्पर्धामा देवीमाया पनेरुले सन् १९९९ को साग गेम्समा १२ दशमलब २० सकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । सरस्वती बाहिरिएसँगै नेपालको चुनौती सकिएको छ । पौडीका गौरिका सिंह, एलेक्जेन्डर शाह र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाएका छन । अरुले उल्लेखनीय प्रदर्शन गर्न सकेनन ।

4565