• चीनबाट थप ८ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ । बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको जहाज शुुक्रबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो । थप ८ लाख डोज खोप ल्याउन निगमको जहाज पुनः साउन २४ गते बेइजिङ जाने कार्यक्रम रहेको छ ।

    यसअघि साउन ९ गते निगमको जहाजले आठ लाख मात्रा खोप ल्याएकोे थियो । सरकारले चीनसँग खरीद गरेको ४० लाख मात्रा खोपको अन्तिम खेप आएको हो । चीनबाट हालसम्म ४० लाख डोज खरीदमार्फत र १८ लाख डोज खोप अनुदानमा आएको छ ।

4565