-
सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले सरकारमा सहभागि हुने मन्त्री चयन गर्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ । बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको बैठकले मन्त्रालय बाँडफाँडका बारेमा शीर्ष नेतालाई जिम्मेवारी दिएको हो । यस्तै, सरकार संचालनमा सहजता ल्याउन गठित कार्यदललाई बैठकले न्युनतम साझा कार्यक्रम ल्याउन निर्देशन समेत दिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्व सरकार हाल ५ सदस्यीय छ । सत्तारुढ गठबन्धनका नेताहरुलाई नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सरकारमा सामेल नहुने सन्देश पठाएको छ । बालुवाटारमा बसेको ५ दलीय बैठकमा नेपाल पक्षबाट नेता विजय पौडेल सहभागि थिए । यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने सरकारमा आफ्नो दल सहभागी नहुने बताएका छन् । गठबन्धनका नेताहरुलाई केसीले सरकारमा आफ्नो पार्टी सामेल नहुने तथा सरकारले गलत काम गरे भण्डाफोर गर्ने चेतावनी दिएका थिए ।
News Desk 0 response बुधबार, साउन १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३