-
अफगानिस्तानमा तालिबान बिद्रोहीको आक्रमण बढेपछि अधिकांश स्थानमा निषेधाज्ञा लागू भएको छ । हिंसा रोक्न र तालिबानले कब्जा गरेका ठाउँलाई नियन्त्रणमा लिन सरकारले ३४ प्रान्तमध्ये ३१ प्रान्तमा निषेधाज्ञा लागू गरेको हो । काबुल, पान्जशिर र नान्गार्हार प्रान्तमा भने कर्फ्यू लागु गरिएको छैन ।
निषेधाज्ञा राति १० बजेदेखि बिहान ४ बजेसम्म कायम रहने बताइएको छ । काबुलसहितका क्षेत्रमा लागू गरिएको रात्रिकालीन कर्फ्यु कहिलेसम्म कायम रहने भन्ने स्पष्ट पारिएको छैन । एकै दिन सुरक्षाकर्मीले विभिन्न प्रान्तमा गरेको आक्रमणमा २ सय ६० भन्दा बढी तालिवान लडाकूहरू मारिएको दाबी सरकारी अधिकारीले गरेका छन् । अमेरिकी सेना फिर्ता तयारीसँगै तालिबान समूहले देशभर हिंसाका घटना बढाएको छ । अमेरिकाको नेतृत्वमा सन् २००१ देखि अफगानिस्तानमा सैन्य अभियान हुँदै आएकोमा आउँदो सेप्टेम्बर ११ भित्र समाप्त हुँदैछ ।
तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने धेरैजसो जिल्ला कब्जा गरेको दाबी गरेको छ । अफगानिस्तानका झण्डै चार सय जिल्लामध्ये आधा क्षेत्र नियन्त्रणमा लिएको सो समूहले दावी गरेको छ । २० वर्षपहिले अमेरिकाको सैन्य हस्तक्षेपपछि तालिबान अफगानिस्तानको सत्ताबाट बाहिरिएको थियो । अहिले फेरि अमेरिकी सैनिक फिर्ता हुन थालेपछि तालिवानले पकड क्षेत्र बिस्तार गरेको हो । तालिबानले अत्यावश्यक सामग्रीको आपूर्तिका लागि प्रयोग हुने मार्ग पनि नियन्त्रणमा लिन थालेका छन् ।
News Desk 0 response आइतवार, साउन १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३