-
टोकियो ओलम्पिकमा मीराबाई चानूले भारतलाई पहिलो पदक दिलाएकी छिन् । भारोत्तोलनको ४९ किलोग्रामतर्फको प्रतिस्पर्धामा चानूले भारतलाई रजत पदक जिताएकी हुन् । भारतले ओलम्पिकमा भारोत्तोलनमा पहिलो पटक रजत पदक जितेको हो । भारतलाई टोकियो ओलम्पिकमा पहिलो पदक दिलाउन सफल चानूलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
यो प्रतिस्पर्धामा चीनकी होउ जुहईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले कांस्य पदक जितेका छन । चानूले दुई सय दुई किलोग्राम तौल उठाएर भारतलाई रजत पदक दिलाएकी हुन् । स्वर्ण पदक विजोले २ सय १० किलोग्राम उचालिन । ओलम्पिकमा इरानका सुटर जवाद फोरोघीले १० मिटर एअर पिस्तोलमा स्वर्ण पदक जितेका छन । ४१ वर्षीय फोरोघी इरानका लागि ओलम्पिकमा पदक दिलाउने सबैभन्दा बढी उमेरमा खेलाडी हुन् । यसअघि सन् १९५६ मा मेलबर्नमा भएको खेलमा ३८ वर्षीय महमुद नाम्जौले कांस्य पदक दिलाएका थिए ।
News Desk 0 response शनिबार, साउन ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





