-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली नराम्रोसँग पछारिएको बताएका छन । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसमा पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र राष्ट्रियता खतराको डिलमा पु¥याउने ओली आफ्नो मोर्चाबन्दी र संघर्षपछि पराजित भएको बताएका हुन । सरकारवाट हटेपछि विक्षिप्त भएका ओली घरी बार्दली र घरी अन्य ठाँउवाट बर्बराइरहेको तर त्यो बर्बराहट पनि लामो समय नरहने दाहालको भनाइ छ ।
अध्यक्ष दाहालले एमालेका नेता कार्यकर्तालाई ओलीले आफ्नो हनुमान बनाएको पनि आरोप लगाए । उनले एमालेका माधव नेपालसहितसँग मिलेर ओलीलाई पाहा पछारे जसरी पछार्न सफल भएको बताए । एमसिसी र आइपिएसको नाममा ओलीले गठबन्धन फुटाउन प्रयास गरिरहेको आरोप पनि दाहालले लगाए ।
भीम रावलले संसद पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको दाहालको भनाइ छ । अध्यक्ष दाहालले मन्त्री बन्न इच्छुकहरुको हुलले आफूलाई घेरेको पनि गुनासो गरे । माओवादीका सबै सांसद नै मन्त्री बन्ने होडबाजीमा लागेपछि आफूलाई थेगीनसक्नु तनाव भएको उनको भनाइ थियो ।
News Desk 0 response शनिबार, साउन ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३