• नेपालमा थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १० हजार ६ सय २५ पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय ९ जना र ४ हजार २ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ८०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ लाख ३३ हजार २ सय ६० पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ९७ जना निको भएका छन्। योसँगै नेपालमा ६ लाख ४१ हजार ५ सय ६५ जना संक्रमित निको भएका छन् ।

    हाल नेपालमा २७ हजार ७ सय ५७ सक्रिय संक्रमित आइशोलेशन र ३४४ जना क्वारेन्टाइनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३५ लाख २८ हजार ५ सय १४ वटा नमुना पीसीआर र २ लाख ८६ हजार ४ सय ६४ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

4565