• नेपालमा हालसम्म १३ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन । कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप गरी १३ लाख १२ हजार १२ जनाले पूर्ण खोप लगाएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

    मन्त्रालयको तथ्यांक अनुसार ४ लाख ६० हजार ३ सय आठ जनाले कोभिसिल्ड, ६ लाख ९२ हजार ९६९ जनाले भेरोसेल र १ लाख ५८ हजार ७ सय ३५ जनाले जोन्सन एण्ड जोन्सन खोपको पूर्ण मात्रा लगाएका हुन । कोभिसिल्डको पहिलो डोज मात्रै लगाउनेको संख्या १८ लाख २८ हजार ४ सय ८४ छ । जोन्सन एण्ड जोन्सन खोप बागमती र गण्डकी प्रदेशमा मात्र लगाइएको छ ।

    जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र र कोभिसिल्ड र भेरोसेल खोप दुई डोज लगाउनुपर्ने हुन्छ । हालसम्म ७३ लाख ८२ हजार ८ सय ५० डोज खोप नेपाल भित्रिएको छ । नेपालले खरिद गरेको २४ लाख डोज खोप नेपाल आएको छ । कोभ्याक्स अन्तर्गत १८ लाख ८२ हजार ८ सय ५० र अनुदानमा २९ लाख डोज खोप भित्रिएको छ ।

4565