• उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोरोना रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न छाडेका छन् । लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ । अधिकांश सवारी साधन र यात्रुले त्यसको पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढ्ने देखिन्छ । यात्रु, चालक तथा सहचालकले मास्क, सेनिटाइजरको प्रयोग गर्दैनन् भने सवारी साधनमा बस्दा दूरी पनि कायम गरेको पाइदैन । सार्वजनिक यातायातमा कोरोनाको खतरा अत्यधिक हुने जान्दाजान्दै पनि बाध्यताले यात्रा गर्नुपरेको यात्रुको गुनासो छ ।

    यता सवारी चालकहरु भने आफुहरुले सरकारले भनेका सबै स्वास्थ्य मापदण्ड पालना गरेर यातायात संचालन गरिरहेका दाबी गर्छन् ।सार्वजनिक यातायातका साधनहरुले सुरक्षा मापदण्ड पालना नगरिदिँदा समुदाय स्तरसम्म कोरोना भाइरस संक्रमण फैलिने त्रास बढेको छ । यता सवारी साधनले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमनको जिम्मा पाएको यातायात व्यवस्था विभाग निस्क्रिय जस्तै छ ।

4565