-
नेकपा एमालेले युवा दस्ता युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच १ हजार १ सय १ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन गरिएको हो । महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको भेलाले युथफोर्सकै उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा उपत्यका फोर्स गठन गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्नै महासचिव पोखरेलले हिंसाका पक्षपातीलाई ठिक लगाउन युथफोर्सलाई निर्देशन दिए । उनले नेता, कार्यकर्तालाई हमला गरिए प्रतिपादका लागि तयार हुन पनि निर्देशन दिए ।
अध्यक्ष केपी ओलीलाई कार्यक्रममा आउन रोकेकोप्रति संकेत गर्दै राष्ट्रिय युवा संघका इञ्चार्ज महेश बस्नेतले युथफोर्स जन्मिँदा पार्टी भित्रै र बाहिर कतिपय आशंका जन्मिएको बताए । उनले विजय गच्छदारलाई धरौटीमा छोड्ने र भ्रष्टाचारीलाई बचाउने काम भए सशक्त प्रतिकार गर्ने चेतावनी दिए ।उनले अध्यादेश ल्याएर एमाले फुटाउने षडयन्त्र भइरहेको भन्दै त्यस्तो अध्यादेश ल्याइए देशभर आगो बाल्ने चेतावनी दिए ।
अध्यक्ष केपी ओली युथ फोर्स भ्याली कमाण्ड घोषणा सभामा अन्तिम समयमा आएर अनुपस्थित भएका थिए । अध्यक्ष ओलीको प्रमुख अतिथिमा कार्यक्रम हुने भन्दै युथफोर्सले एक साता अघिदेखि प्रचार गरेको थियो । पार्टीको आन्तरिक एकता प्रकृया अघि बढिरहेका बेला युथफोर्सको कार्यक्रममा जाँदा असर पर्ने भएकाले ओली कार्यक्रममा नगएको बताइएको छ । कमाण्ड फोर्स गठन अघि युथफोर्सले उपत्यकामा शक्ति प्रदर्शन गरेको थियो ।
News Desk 0 response शनिबार, साउन ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३