-
विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद शुक्रबारबाट जापानको राजधानी टोकियोमा सुरु भएको छ । विशेष समारोहविच ओलम्पिक स्टेडियममा शुक्रबार अपरान्ह पौने पाँच बजे टोकियो ओलम्पिकको भब्य उदघाटन भएको हो ।

ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी भएको विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रतियोगिताका आयोजकहरुले ७० मुलुकका खेलकुदमन्त्री पनि सहभागी भएको जानकारी दिएका छन् । टोकियो ओलम्पिक्समा कुल ११ हजार खेलाडी सहभागी रहेको बीबीसीले जनाएको छ ।
विभिन्न दुई सय छ मुलुकलाई प्रतिनिधित्व गर्दै उनीहरु जापानको राजधानी टोकियो पुगेका हुन् । सो उद्घाटन सत्रको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाहले बोकेका छन् । टोकियो ओलम्पिकमा सहभागि हुन विश्वभरका खेलाडी, प्रशिक्षक लगायतको टोली जापान पुगिसकेको छ । ओलम्पिकमा नेपालबाट पाँच खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगेको छ । टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले चुनौती पेश गर्नेछन् ।

गौरिका सिंह र एलेक्जेन्डर शाहले पौडीमा प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै सरस्वती चौधरीले एथलेटिक्स, कल्पना परियारले सुटिङ र र सोनिया भट्टले जुडोमा प्रतिस्पर्धा गर्ने छन् । नेपालका खेलाडी युनिभर्सियालियाटी कोटा र वाइल्ड कार्डमार्फत ओलम्पिकमा छनौट भएका हुन । ओलम्पिकमा कोरोनाको असर नपरोस् भन्नका लागि स्वास्थ्य र सुरक्षामा विशेष जोड दिइएको छ । कोरोना भाइरसको संक्रमणका कारण दर्शकको उपस्थितिबिना नै प्रतियोगिता हुनेछ । प्रतियोगिता अगष्ट आठसम्म सञ्चालन हुनेछ ।
News Desk 0 response शुक्रबार, साउन ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





