-
भारतमा म्यूकोर्माइकोसिस अर्थात ‘कालो ढुसी’ संक्रमणबाट चार हजार तीन सय जनाभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरसका विरामीलाई संक्रमण गर्ने कालो ढुसीका ४५ हजार भन्दा धेरै विरामी फेला परेको भारतीय स्वास्थ्यमन्त्री मनसुख मांडवियाले जानकारी दिएका छन ।
उनका अनुसार दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस सङ्क्रमण भएका ४५ हजार ३ सय ७४ बिरामी फेला परेका छन । संक्रमण भएकामध्ये झन्डै आधाको अझै उपचार जारी रहेको छ । सबैभन्दा बढी प्रभाव महाराष्ट्र र गुजरात राज्यमा देखिएको छ । त्यहाँ म्यूकोर्माइकोसिसबाट १ हजार ७ सय ८५ जनाको मृत्यु भएको छ ।
चिकित्सकहरूका अनुसार धेरै बिरामीहरूको अस्पताल पुग्नुअघि नै मृत्यु भएको हो । सामान्यतया म्यूकोर्माइकोसिस भएको केही हप्तादेखि महिनापछि मृत्यु हुने गर्दछ । यो ढुसीले नाक र आँखामा प्रभाव पार्छ । सङ्क्रमण फैलिएर कहिलेकाहीँ मस्तिष्कसम्म पुग्ने ढुसी प्रायः कोरोना संक्रमण निको भएको १२ देखि १८ दिनमा देखापर्ने गरेको छ । यसले मस्तिष्क र फोक्सोलाई असर गर्ने गरेको छ । मधुमेह, क्यान्सरका र एचआईभी एड्स भएका मानिसका लागि यो रोग प्राणघातक बन्ने चिकित्सकको भनाइ छ ।
News Desk 0 response बिहिबार, साउन ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३