-
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसको उत्पत्तिबारे थप अनुसन्धान गर्न राखेको प्रस्तावलाई चीनले अस्वीकार गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अड्यानोम गेब्रेयससले दोश्रो चरणको अनुसन्धानका लागि सघाउन चिनियाँ अधिकारीसँग गरेको प्रस्तावलाई अस्वीकार गरिएको हो । यसैबीच चीनका उपस्वास्थ्यमन्त्री जङ यिशिनले डब्ल्यूएचओको प्रस्ताव राजनीतिक उद्देश्यले प्रभावित भएर आएकाले स्वीकार गर्न नसकिने प्रष्ट पारेका छन् ।
बिहीवार पत्रकार सम्मेलनमा बोल्दै जङले डब्ल्यूएचओको प्रस्तावप्रति आश्चर्य प्रकट गर्दै त्यो प्रयोगशालासम्बन्धी चिनियाँ नियम उल्लंघन गरिएको दाबीमा केन्द्रित भएको बताएका छन् । चीनले त्यस्ता सर्तहरू मान्न असम्भव भएको भन्दै जङले आफ्नो मुलुकले कोरोना भाइरस उत्पत्ति पत्ता लगाउने सन्दर्भमा छुट्टै विवरण बुझाएको जिकिर गरे । सन् २०१९ को डिसेम्बरमा पहिलोपटक कोरोना भाइरस देखिएको चिनियाँ शहर वुहानमा यो वर्षको जनवरीमा विज्ञहरुको टोली पुगेको थियो । उक्त टोलीले त्यसबेला गरेको अनुसन्धानबाट कोरोना भाइरस कुनै प्रयोगशालाबाट बाहिरिएको हुनसक्ने सम्भावना नरहेको निश्कर्ष निकालेको थियो ।
News Desk 0 response बिहिबार, साउन ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३