• भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका छन । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा काठमाडौंको बालाजु, जोरपाटी लगायतका स्थानबाट सवारी साधनसहितको ¥याली व्यवसायीले निकालेका हुन ।

    सवारीसाधनको ¥यालीले चक्रपथ परिक्रमा गरेको थियो । ¥यालीमा निस्किएका सवारी साधनहरुको सडकमा लामो लाइनले चक्रपथ लगायत उपत्यकाका विभिन्न स्थानमा ट्राफिक जाम भएको थियो । व्यवसायीले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, वीस वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न पनि माग गरेका छन । नवीकरण र जरिवाना छुट गर्नुपर्ने पनि सार्वजनिक यातायात केन्द्रीय महासंघको माग छ ।

4565