-
बाँकेको कोहलपुरमा रहेको डुडुवा खोला बन्दा मा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको ज्यान गएको छ । कोहलपुर, १० रहेको उक्त स्थानमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मृत्यु हुनेमा नेपालगञ्ज सदरलाइनका १८ वर्षीय रसिद जसगढ, श्रृष्टि हल लाइनका १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय आरिस जसगढ रहेका छन् ।
पौडी खेल्ने क्रममा डुबेका उनीहरुलाई कोहलपुर प्रहरीको टोली पुगेर खोजी गर्दा मृत अवस्थामा फेला पारेको थियो । प्रहरीले आवश्यक प्रक्रिया पु¥याएर तीनै जनाको शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ ।
त्यसै गरि यता चितवनमा चितवनको भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरमा नहरमा डुबेर दुई किशोरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय नहरमा हातखुट्टा धुने क्रममा चिप्लिएर डुव्दा स्थानीय १६ बर्षको अंकित जोशी र वर्ष १४ को विवेक शर्माको मृत्यु भएको हो।
खेल मैदानमा क्रिकेट खेली नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेको र उनलाई बचाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डुबी बेपत्ता भएकोमा उनीहरूको शब दुई सय मिटर तल डुबेको अबस्थामा भेटिएको थियोे।
News Desk 0 response बुधबार, साउन ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३





