• कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँमा १८ वर्षमाथिका सबैलाई उपलब्ध गराइएको छ । खोप अभियानमा ५० देखि ५४ बर्ष उमेर समुहका लागि छुट्ट्याईएको भए पनि खोप बचेका कारण १८ वर्षमाथिका सबैलाई खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोपविरुद्ध विभिन्न अपवाह फैलिएकाले मानिसहरुको आकर्षण कम भएको हो । खोप लगाउनका लागि काठमाडौँमा ४४ वटा खोप केन्द्र तोकिएको छ ।

    खोप बुधबार देखि नै १८ वर्षमाथिका सबैलाई उपलब्ध गराइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन ४ गते खोप अभियानको शुभारम्भ गरेका थिए । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत असार २८ गते अनुदानमा उपलब्ध गराएको थियो । जोन्सन एन्ड जोन्सन खोप पूर्ण तथा अति अशक्त अपाङ्गता भएका नागरिक, शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत उपलब्ध गराईएको थियो । नेपालमा अहिलेसम्म ३१ लाख ५० हजार ९५६ जनाले पहिलो मात्रा र ११ लाख ५८ हजार १३० जनाले दोस्रो मात्रा खोप लगाइसकेको बिभागले जनाएको छ ।

4565