-
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणमा १ हजार ९ सय १८ र ३ हजार ९ सय १ एन्टिजेन परीक्षणमा ९ सय २० जना गरी २ हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय ३७ पुगेकोे छ । सोही अवधिमा १ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ६ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४ सय ९०, भक्तपुरमा ७९ र ललितपुरमा १ सय २८ जना संक्रमित थपिएका हुन् । आजसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय ३२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बुधबार, साउन ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३