• सप्तरीको महुली र जिता खोलामा आएको बाढीले तीन सय परिवार बिस्थापित भएका छन । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ रम्पुरा मल्हनियाँका तीन सय परिवार बिस्थापित भएका हुन । अविरल वर्षासँगै महुली र जिता खोलामा आएको बाढी सिधै मानवबस्ती पसेको छ । बाढीका कारण स्थानीयका घरमा तीन फिटसम्म पानी जमेको छ ।

    बाढीका कारण स्थानीय बिस्थापित भएर सप्तकोसी नदीको पश्चिमी तटबन्धमा आश्रय लिन बाध्य छन् । घर टहरामा पानी जमेपछि गाई, भैंसी राख्नसमेत समस्या भएको छ भने घरसमेत भत्किने अवस्थामा पुगेको छन । बाढीले तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न वडाका बासिन्दा पनि प्रभावित बनेका छन । बिस्थापितहरुको उद्धारसँगै क्षतिको लागत संकलन र राहतको तयारी भैरहेको नगरपालिकाले जनाएको छ ।

4565