-
बेलायतमा करिब १६ महिनापछि लकडाउन अन्त्य गरिएको छ । कोरोनाको तेस्रो लहर सुरु भएदेखि जारी लकडाउन अन्त्य गरिएको घोषणा बेलायत सरकारले गरेको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन अन्त्य भएको घोषणा गरेका हुन ।सरकारले चरणबद्ध रूपमा लकडाउन खुकुलो पार्दै चौथो तथा अन्तिम चरणमा लकडाउनसम्बन्धी सम्पूर्ण प्रतिबन्धहरू हटाएको छ । अनिवार्य मास्क लगाउनुपर्ने, एक मिटर प्लस दूरी राख्नुपर्ने, रेस्टुरेन्टमा क्यू आर कोड साइन गर्नुपर्ने जस्ता नियम हटेका हुन ।
सार्वजनिक यातायातमा भने मास्क लगाउनुपर्ने नियम यथावत् छ । फ्रिडम डे घोषणा गरेकै दिन प्रधानमन्त्री जोन्सन भने आइसोलेसनमा बसेका छन । स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन । अघिल्लो महिनामा नै पूर्ण रूपमा लकडाउन खुला गर्ने तयारी गरेपनि डेल्टा भेरियन्टका कारण त्यसमा ढिलाइ भएको थियो ।
संक्रमण दरमा तीव्रता आए पनि सरकारले बेलायतमा लकडाउन अन्त्य गरेपछि जोखिम बढने आंकलन गरिएको छ । पछिल्ला केही दिनयता दैनिक ५० हजारको हाराहारीमा बेलायतमा कोरोना संक्रमण देखिदै आएको छ । खोपको प्रभावका कारण मृत्युदर र अस्पताल भर्ना हुनेको संख्यामा कमी आएको छ । बेलायतका जनसंख्याको ६८ दशमलव ३ प्रतिशत वयस्कहरूले खोपको दुवै डोज लगाएका छन । कोरोनावाट हालसम्म ५४ लाख ३३ हजार भन्दा बढीमा संक्रमण भएको छ । एक लाख २८ हजार ७ सय भन्दा धेरैको मृत्यु भएको छ ।
News Desk 0 response मङ्लबार, साउन ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३