• म्याग्दीको रघुगंगा गाउँपालिका ३ स्थित गलेश्वरको राहुघाट बस्ती पहिरोको जोखिममा परेको छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापरबाहीले बस्ती जोखिममा परेको हो । वस्तीमाथिको पाखोमा जथाभावि सडक खनेपछि गलेश्वपारीका तीस घर परिवार पहिरोको जोखिममा परेका हुन् ।

    कमजोर भ–ूभागमा सडक बनाउन डोजरले जथाभावी भत्काउनु र त्यसपछि संरक्षणका पर्खाल र नाली समयममा नवन्दा पूरै पाखो खस्न थालेको छ । गत वर्षदेखि बस्ती माथिको जमीन चर्किएर पहिरो खस्न थालेको थियो । हिउँदमा संरक्षणको पहल बर्षातमा पहिरोको डरमा स्थानीय छन् । पहिरोको जोखिमले बस्तीका बासिन्दा पानी पर्न थालेपछि रातभर जाग्राम बस्ने गरेका छन । विकासका नाममा निम्तिएको विनासका कारण आफ्नो थाकथलो छोड्नुपर्ने अवस्था आएको स्थानीयको गुनासो छ । बेनीदेखि उत्तरी क्षेत्रको रघुगंगा, अन्नपुर्ण गाउँपालिका र मुस्ताङ सडकलाई समेत पहिरोले अवरोध पु¥याउँदै आएको छ ।

4565