-
सरकारलाई पूर्णता दिने र सरकार संचालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने विषयमा सत्तारुढ दलका शीर्ष नेताहरुले छलफललाई तीब्रता दिएका छन् । यसैक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा आजै दुईपटक भेटवार्ता भयो ।
बिहान प्रधानमन्त्री निवास पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेट्न प्रधानमन्त्री देउवा दिउसो दाहाल निवास खुमलटार पुगे । यस्तै माओवादी केन्द्रका अध्यक्ष दाहालले बिहान एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री माधव नेपालसंग छलफल गरे । सत्तारुढ गठवन्धनको अर्को दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि वरिष्ठ नेता नेपालसँग भेटवार्ता गरेका छन् ।
शीर्ष नेताहरुका बीचमा गठवन्धन सरकारको साझा कार्यक्रम र मन्त्रिपरिषद बिस्तारबारे छलफल भएको बताइएको छ । भेटवार्ताका क्रममा गठबन्धनका शीर्ष नेताहरुबीच संविधान विपरित अध्यादेशमार्फत गरिएका नियुक्तिहरुले दीर्घकालिन असर पु¥याउने भन्दै त्यसलाई खारेज गर्ने सहमति भएको बताइएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न ११ मुलुकका लागि गरिएका राजदूतहरुको सिफारिस खारेज गरिसकेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनिक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा पनि छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्र्रका अध्यक्ष दाहालका बीचमा सरकारमा विभिन्न दलको सहभागिता र मन्त्रालय बाँडफाँडलगायत विषय पनि छलफल भएको छ ।
News Desk 0 response मङ्लबार, साउन ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





