• दोलखाको बिगुमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ  । आयोजनाको पहिलो र दोस्रो युनिटमा प्राविधिक समस्या देखिएपछि विद्युत उत्पादन रोकिएको हो । आयोजनाको पावर ट्रान्सफर्मरमा समस्या देखिएपछि अहिले कुलेखानी जलविद्युत् आयोजनामा लगेर मर्मत गर्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

    तामाकोशी विद्युत आयोजनाको निर्वतमान प्रधानमन्त्री केपी ओलीले असार २१ गते उदघाटन गरेका थिए । ४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यो आयोजनाको पहिलो युनिटबाट असार २१ गते ७६ मेगावाट विद्युत उत्पादन सुरु गरिएको थियो । त्यस्तै, दोस्रो युनिट पनि मंगलबारदेखि राष्ट्रिय प्रणालीमा जोडिएको थियो ।

4565