• टोकियो ओलम्पिकमा सहभागिताका लागि गएका दुई दक्षिण अफ्रिकी फुटबल खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । टोकियोमा रहेको एथ्लेट्स भिलेजमा बसेका दुई खेलाडीमा संक्रमण देखिएको हो । दक्षिण अफ्रिकाको फुटबल एसोसिएसनले थाबिसो मोन्यन र कामोहेलो माह्लाट्सी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेको हो ।

    टोकियो ओलम्पिक आउँदो शुक्रबारदेखि सुरु हुँदैछ । अहिलेसम्म टोकियो पुगेका ४ जना खेलाडीसहित ५५ जना संक्रमित भइसकेका छन । ओलम्पिक सुरु केही दिन बाँकी छँदा खेलाडी र अफिसीयललाई कोरोना सक्रमण देखिएपछि झन् बढी सन्त्रास फैलिएको छ ।।

4565