-
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनस्थार्पित भएकोमा प्रतिनिधि सभा सदस्यहरुलाई बधाई दिएका छन् । आइतबारको प्रतिनिधि सभाको पहिलो बैठकमा संक्षिप्त आफ्नो धारणा राख्ने क्रममा सभामुख सापकोटाले प्रतिनिधि सभालाई संविधानको मर्म र भावना अनुरुप पुनस्र्थापना गरिदिएकोमा सर्वोच्च अदालतप्रति पनि आभार प्रकट गरेका हुन । सभामुख सापकोटाले प्रतिनिधि सभा पुनस्र्थापित भएसँगै शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम असफल भएको पनि बताए ।
प्रतिनिधिसभाको बैठकमा सरकारले विभिन्न अध्यादेश पेस गरेको छ । पूर्ववर्ती सरकारले जारी गरेका विभिन्न अध्यादेशलाई सरकारले प्रतिनिधिसभामा पेस गरेको हो । पूर्ववर्ती ओली सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी सम्बन्धी अध्यादेश भने सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले खारेज गरेकी छन् । अन्य अध्यादेशलाई नियमानुसार प्रतिनिधिसभाको पहिलो बैठकमै सरकारले पेस गरेको हो ।
ओली सरकारका पालामा जारी भएका १५ वटा अध्यादेश आइतवारको संसद बैठकमा सरकारले पेश गरेको छ । ओली सरकारले ल्याएको आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ पनि बैठकमा पेस गरिएको छ । प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आव्हान सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउनुभएको थियो भने राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरुको व्यहोरा पनि सभामुखले पढेर सुनाएका थिए । आइतबारको पहिलो बैठकमा संविधान सभा तथा प्रतिनिधि सभाका पूर्व सदस्यहरुको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।
News Desk 0 response आइतवार, साउन ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





