• अमेरिकाले अष्ट्रियाको राजधानीमा भियानामा रहेका आफ््ना कुटनीतिज्ञ र प्रशासननिक अधिकारीमा देखिएको रोगलाई लिएर अनुसन्धान शुरु गरेको छ । अमेरिकमा जो बाइडनले राष्ट्रपतिको पद सम्हाले यता भियानास्थित २० जनाभन्दा बढी अमेरिकी अधिकारीमा यो रोग देखा परेको बताइएको छ ।

    उनीहरुमा हवाना सिन्ड्रोम जस्तै लक्षण देखिएको बताइएको छ । हवाना सिन्ड्रोम मस्तिष्क संबन्धि एक किसिमको रोग हो जसमा विरामीलाई रिंगटा लाग्ने, सन्तुलन बिग्रने र श्रवण क्षमतामा कमी आउने जस्ता लक्षण देखिने गरेको छ । अमेरिकी अधिकारीहरु रोगबारे पर्याप्त अनुसन्धान हुन नसकेको उल्लेख गर्दै माइक्रोवेब रेडिएसनको कारण हुन सक्ने अनुमान गरेका छन ।

    यस अघि सन २०१६–१७ तिर यस्तै लक्षणको रोग क्युबामा देखिएको थियो । त्यती बेला क्युबाले सोनिक आक्रमण गरेको आरोप अमेरिकाले लगाएको थियो तर क्युबाले भने अमेरिकी आरोपको खण्डन गरेको थियो ।

4565