• स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएका सबै ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोपको व्यवस्था गरेको जनाएको छ । मन्त्रालयले खोप अभियान सम्बन्धमा जारी गरेको सूचनामा ६५ वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकहरुका लागि दोस्रो मात्रा खोपको व्यवस्था भइसकेको जनाएको हो ।

    केही दिनमै खोप आउने र कोभिशिल्डको दोस्रो मात्रा लगाउने कार्यक्रम सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिसिल्ड खोपको दोस्रो मात्रा करीब १४ लाख ज्येष्ठ नागरिकलाई लगाउन बाँकी छ । त्यस्तै १८ वर्षमाथिका नेपाली नागरिकहरुका लागि निःशुल्क खोप लगाउने र यसका लागि आवश्यक पर्ने खोपहरुको व्यवस्थापन भइरहेको समेत मन्त्रालयले जनाएको छ । यसैगरी साउन ६ गतेबाट चीनबाट खरिद गरिएका थप खोपहरु आउने र साउन १५ गतेभित्र कम्तिमा ३२ लाख तथा त्यसपछि पनि निरन्तर अन्य खोपहरु नेपाल भित्रने क्रम जारी रहने मन्त्रालयले प्रस्ट पारेको छ ।

4565