-
नेकपा एमालेका नेताहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन । विघटित पार्टी एकता कार्य दलका सदस्यहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका हुन् । शनिबार विहान सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकले पार्टी एकताका लागि गठित कार्यदलले जुटाएको १० बूँदे सहमति कार्यान्वयन गर्दै अघि बढने निर्णय गरेको एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिए ।
पार्टीलाई एकतावद्ध बनाउने आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरुबीच अनौपचारिक छलफललाई अघि बढाइएको पार्टीका सचिव गोकर्ण विष्टले बताए ।
शुुक्रबार बसेको एमाले स्थायी समिति बैठक र संसदीय दलको बैठकले पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बूँदे सहमति अनुुमोदन गर्दै सृजनात्मक र रचनात्मक ढंगले त्यसलाई कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको थियो । बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल र विष्णु रिमाल तथा वरिष्ठ नेता माधवकुमार नेपालको पक्षबाट भिम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, भिम आचार्य, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी भएका थिए ।
News Desk 0 response शनिबार, साउन २, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३