• नेकपा एमालेका अध्यक्ष केपी ओली र जनता समाजवादी पार्र्टीका अध्यक्ष महन्थ ठाकुर समूहबीच भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायत नेताहरू सहभागी भएका थिए ।

    जसपा विभाजनको फैसला गर्न निर्वाचन आयोगले गठन गरेको इजलास बस्ने अघिल्लो दिन ओलीलाई उनीहरुले भेटेका हुन् । निर्वाचन आयोगले गठन गरेको इजलास भोलि बस्दै छ । ओली प्रधानमन्त्रीबाट हटेपछि दुई पक्षबीच आज पहिलोपटक भेटवार्ता भएको हो । ओली नेतृत्वको सरकारमा जसपा ठाकुर समूह जेठ २१ गते सहभागी भएको थियो ।

    तर अदालतले प्रतिनिधि सभा विघटनपछि विस्तार गरिएको मन्त्रिमण्डल असंवैधानिक ठहर गरेपछि उनीहरु २० दिन पनि नपुग्दै पदच्युत भएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरबीच ओलीलाई हेर्ने दृष्टिकोण नमिलेपछि पार्र्टी विभाजन हुने अन्तिम चरणमा छ ।

4565