• नेपालमा कोरोना संक्रमण र मृत्युदर फेरि बढ्न थालेको छ । केही साता अघिसम्म घट्दो क्रममा रहेको संक्रमण र मृत्युदर केही दिनदेखि पुनः बढ्न थालेको हो । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३६ संक्रमित थपिएका छन् ।

    देशभर ९ हजार ६ सय १३ वटा नमुना पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ६ र ४ हजार ५ सय ६९ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालका कोरोना संक्रमित हुनेको संख्या ७ लाख १२ हजार ३ सय ७३ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ९ हजार ५ सय ६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै २४ घण्टामा थप १ हजार ७ सय ७५ जना संक्रमणमुक्त हुँदा हालसम्म निको हुनेको संख्या ६ लाख २८ हजार २ सय ४३ पुगेको छ ।

    हाल नेपालमा २६ हजार ८ सय २७ सक्रिय संक्रमित आइशोलेशन र ३ सय २१ जना क्वारेन्टाइनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३४ लाख ५६ हजार १ सय ९९ वटा नमुना पिसिआर र २ लाख ५६ हजार ६ सय २३ वटा एन्टीजेन विधिबाट परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

4565