• ललितपुरको ठेचोस्थित लिच्छविकालिन महत्व बोकेको नवदुर्गा भवानी देवी मन्दिरमा सांस्कृतिक बाजागाजासहित बिहिबार गजुर स्थापना गरिएको छ ।

    मन्दिर २०७२ को प्रलयकारी भुकम्पले क्षति पु¥याएको थियो । पुरात्तत्व विभागले पुनर्निर्माण गर्न २०७६ मा भ्याट बाहेक २ करोड १६ लाख ६३ हजार २ सय ३६ रुपैया बजेट बिनियोजित गरेको थियो । नवदुर्गा मन्दिर ठेचोका रैतानेका इष्टदेवता हुन् । नवदुर्गा मन्दिर उपत्यकाका विभिन्न शक्तिपिठमध्ये एक मानिन्छ । नवदुर्गा भवानी देवी गुठी अध्यक्ष धर्मराज मालीले मन्दिरको सत्तल संग्रहालयको रुपमा परिणत गर्ने योजना रहेको बताउनुभयो । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मन्दिरसंगसंगै नवदुर्गा नाच संरक्षण प्रवद्र्धन गर्न अक्षयकोषको व्यवस्था गरेको बताउनुभयो ।

    नवदुर्गा नाच प्रत्येक वर्ष विजयादशमी र कोजाग्रत पूर्णिमाको अवसरमा ४ दिन पाटन दरवार क्षेत्रस्थित मूलचोकमा प्रर्दशन गर्नुपर्ने प्रचलन छ । पाटन दरवारसंग सम्बन्धित सबभन्दा पुरानो जात्रा लिच्छवी राजा मानदेवले स्थापना गरेको मनमानेश्वरी देवीको पूजाविधि पर्व र नवदुर्गा नाच हुन् । देवमाला वंशावलीमा उल्लेख भएअनुसार ठेचोमा नवदुर्गा मन्दिर स्थापना गरेर ७ सय घरधुरी बसाली ठेचो बस्ती स्थापना गरेको हो ।

4565