-
ललितपुरको ठेचोस्थित लिच्छविकालिन महत्व बोकेको नवदुर्गा भवानी देवी मन्दिरमा सांस्कृतिक बाजागाजासहित बिहिबार गजुर स्थापना गरिएको छ ।
मन्दिर २०७२ को प्रलयकारी भुकम्पले क्षति पु¥याएको थियो । पुरात्तत्व विभागले पुनर्निर्माण गर्न २०७६ मा भ्याट बाहेक २ करोड १६ लाख ६३ हजार २ सय ३६ रुपैया बजेट बिनियोजित गरेको थियो । नवदुर्गा मन्दिर ठेचोका रैतानेका इष्टदेवता हुन् । नवदुर्गा मन्दिर उपत्यकाका विभिन्न शक्तिपिठमध्ये एक मानिन्छ । नवदुर्गा भवानी देवी गुठी अध्यक्ष धर्मराज मालीले मन्दिरको सत्तल संग्रहालयको रुपमा परिणत गर्ने योजना रहेको बताउनुभयो । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मन्दिरसंगसंगै नवदुर्गा नाच संरक्षण प्रवद्र्धन गर्न अक्षयकोषको व्यवस्था गरेको बताउनुभयो ।
नवदुर्गा नाच प्रत्येक वर्ष विजयादशमी र कोजाग्रत पूर्णिमाको अवसरमा ४ दिन पाटन दरवार क्षेत्रस्थित मूलचोकमा प्रर्दशन गर्नुपर्ने प्रचलन छ । पाटन दरवारसंग सम्बन्धित सबभन्दा पुरानो जात्रा लिच्छवी राजा मानदेवले स्थापना गरेको मनमानेश्वरी देवीको पूजाविधि पर्व र नवदुर्गा नाच हुन् । देवमाला वंशावलीमा उल्लेख भएअनुसार ठेचोमा नवदुर्गा मन्दिर स्थापना गरेर ७ सय घरधुरी बसाली ठेचो बस्ती स्थापना गरेको हो ।
News Desk 0 response बिहिबार, असार ३१, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
इटहरीमा पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया, होमस्टे र स्थानीय संस्कृतिमा जोड
शुक्रबार, असार ५, २०८३ -
महिला उद्यमशीलता बढाउँदै सेभ द अर्थ, रामधुनीमा उत्पादन प्रदर्शनी