• नेपालको राजनितीमा आएको युटर्नले परिदुश्यमा नया नया घटनाकृमले निरन्तरता लीने देखिएको छ । पछिल्लो समय केपी ओली सरकारबाट बाहिरीए लगतै राजनीमा दैडधुप सुरु भएको हो । यसैक्रममा ओली सरकारसंग समहतीगरि सार्वजनीक भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दहाललाई भेटेका छन । विप्लव अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई लिएर प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

    भेटमा अहिलेको राजनीतिक परिस्थिति, अघिल्लो सरकारसँग आफूहरूले गरेको सहमति लगायतका विषयमा कुराकानी भएको नेता धर्मेन्द्र बाँस्तोलाले सञ्चारकर्मीलाई जानकारी दिएकाहुन ।

    ‘ओली सरकारसँग हामीले गरेको सहमति कार्यान्वयनका विषयमा कुराकानी भयो, कतिपय साथी अहिले पनि जेलमै हुनुहुन्छ, हामीले यस विषयमा पनि ध्यानाकर्षण गराएका छौँ’, बाँस्तोलाले भने ‘अहिलेको देशको उथलपुथल भइरहेको राजनीतिबारे हामीले चासो राख्यौँ, प्रचण्डले ब्रिफिङ गर्नुभयो, हामीले पनि केही कुरा राख्यौँ ।’

    पूर्वमाओवादी एक हुने चर्चाका विषयमा जिज्ञासा राख्दा बाँस्तोलाले भने, ‘यो तत्कालै सम्भव हुने विषय होइन तर पनि हामीले अब भेटघाट र छलफललाई निरन्तरता दिनुपर्छ भनेका छौँ, प्रचण्डजीले पनि पूर्वमाओवादीहरू एक बनाएर लैजाने इच्छा राख्नुभएको रहेछ, सकभर सँगै जान पाए हुन्थ्यो भन्ने कुरा राख्नुभयो ।’

4565