• निवर्तमान प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी ओलीले अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको जात्रा सर्वोच्च अदालतमा भएको आरोप लगाएका छन । बालुवाटार छाडेर आफ्नो निवास बालकोट पुगेका ओलीले कुनै गल्तीविना नै अदालतले आफुलाई हटाएको दावी गरे । देशको विकास, राष्ट्रलाई एकजुट, संविधान कार्यान्वयन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उचो राख्ने काम गरेको दावी गर्दै ओलीले आफुबिरुद्ध जालझेल र षड्यन्त्र भएको आरोप लगाए ।

    ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई लाजशरम हराएको मानिसको संज्ञा दिए । आफ्नै पार्टीको सरकार ढाल्नका लागि राष्ट्रपतिसमक्ष विरोधीलाई लाइन लगाएर नेपालले लाजशरम हराएको मानिसको ब्यबहार देखाएको ओलीको आरोप छ ।

    पार्टीका नेताहरूले गल्ती स्वीकार गरेर आएमा काम गर्न दिइने तर नेपालका हकमा गल्ती कमी कमजोरी स्वीकार्य हुने कुनै ठाउँ नरहेको ओलीको भनाइ थियो । ओलीलाई दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरुले बालुवाटारबाट स्कर्टिङ गरी निजी निवास बालकोट लगेका थिए ।

4565