नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनियताको सपथ
-
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालयले देउवालाई सर्वोच्च अदालतले सोमवार दिएको परमादेश अनुसार आज प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्ती जारी गरेको थियो । तर प्रधानमन्त्री नियुक्तीमा संविधानको धारा उल्लेख नगरिएको भन्दै देउवाले सपथ नलिने अडान राखेका थिए ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्तीको भाषा सच्चाएपछि देउवाले सपथ लिएका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोहमा निवर्तमान प्रधानमन्त्री केपी ओली सहभागि भएनन् । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधव नेपाल, डा बाबुराम भट्टराईसहित शीर्ष नेताहरु सपथग्रहण समारोहमा सहभागि भएका थिए ।
संविधानको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ओलीले प्रधानमन्त्रीको सपथ लिँदा विपक्षी दलको नेता रहेका देउवासहित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई अनुपस्थित थिए । देउवाको सपथ समारोहमा जसपा अध्यक्ष महन्थ ठाकुरसमेत उपस्थित छैनन् ।
नवनियुक्त प्रधानमन्त्री देउवाले आफुले सपथ लिएसंगै सानो आकारको मन्त्रीमण्डल बनाएका छन् । जसमा नेपाली कांग्रेसबाट एक जना र माओवादी केन्द्रबाट दुई जना सरकारमा सहभागि भएका छन् । कांग्रेसबाट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँड मन्त्री बन्ने भएका छन् । कार्कीले कानुनमन्त्रायको जिम्मेवारी पाएका छन । उनी यसअघि अर्थ र जलस्रोत मन्त्री भइसकेका थिए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँड गृहमन्त्री बन्न लागेका हुन् । उनी यसभन्दा अगाडि रक्षा र सिंचाई मन्त्री भइसकेका छन् । माओवादीका तर्फबाट पम्फा भुसाल र जनार्दन शर्मालाई मन्त्री बनाउने भएका छन् । भुषालले उर्जामन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनी यसअघि सामान्य प्रशासन मन्त्री भएकी थिइन् । त्यस्तै शर्माले अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् । शर्मा यसभन्दा अगाडि उर्जामन्त्री भइसकेका छन् ।
News Desk 0 response मङ्लबार, असार २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





