• नेपालमा थप २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ७ हजार ५८ वटा नमुना पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय ३९ र ३ हजार ९ सय ५४ एन्टीजेन परिक्षणका क्रममा ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसंगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ७ लाख ३ हजार ८ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ । त्यस्तै थप २ हजार २८ संक्रमित निको भएका छन् । योसँगै नेपालमा हालसम्म ६ लाख २३ हजार १ सय ५ जना संक्रमित निको भएका छन् ।

    हाल नेपालमा २६ हजार २ सय ६१ सक्रिय संक्रमित आइशोलेशन र २ सय ९९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा संक्रमण पहिचानका लागि ३४ लाख ३० हजार २ सय २२ वटा नमुना पिसिआर र २ लाख ४२ हजार ६ सय २६ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

4565