-
प्रधानमन्त्री केपी ओलीले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आयोजना गर्न नेपाल तयार रहेको बताएका छन । आइतबार प्रधानमन्त्री निबास बालुवाटारमा थ्री नेसन्स कपको उपाधि विजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई पुरस्कृत गर्दै प्रधानमन्त्री ओलीले साफ खेलकुदका लागि तयारीमा जुट्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषदलाई साफ आयोजनाको तयारी अघि बढाउन निर्देशन समेत दिए ।पुरस्कार ग्रहणपछि राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले सरकारले हौसला बढाएको बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेका थिए । पुरस्कार पाउनेहरुमा २३ जना खेलाडी, प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोल किपिङ प्रशिक्षक बिकास मल्ल रहेका छन् । गत चैतमा भएको प्रतियोगीतामा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । दशरथ रंगशालामा भएको फाइनल हेर्न प्रधानमन्त्री ओली पनि रंगशाला पुगेका थिए ।
News Desk 0 response आइतवार, असार २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





