-
बर्षाका कारण काठमाडौंको धोवी खोला कोरिडोर आसपासका क्षेत्र डुवानमा परेको छ । बर्षापछि पानी जाने निकास नभएकाले सो क्षेत्र डुवान परेको हो । कोरिडोर आसपासका क्षेत्रका केहि घरहरूमा बाढी पसेको छ । निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न बन्यो ।
सडकमा राखिएका गाडी समेत डुवानमा परेका थिए भने सर्वसाधारणको आवतजावतमा समस्या भएको थियो । धोवी खोला कोरिडोरलाई व्यवस्थीत बनाइपनि पानी निकास हुने ठाँउको अभाव भएपछि सो क्षेत्र डुवानमा पर्दै आएको छ । यस्तै भारी वर्षाका कारण काठमाडौंका बानेश्वर, मैतीदेवी, घट्टेकुलो, माइतीघर, पुतलीसडक लगायतका क्षेत्र पनि जलमग्न बनेको छ । सडकमा पानी जमेपछि केहीबेर मानिसहरुलाई आवतजावत गर्न र सवारी आवागमनमा समेत समस्या परेको थियो ।
तीनकुने क्षेत्रमा ढल फुटेर सडक जलमग्न हुँदा केहीबेर यातायात आवतजावत नै प्रभावित बनेको थियो । पुतलीसडक क्षेत्रमा पछिल्लो समय ढल व्यवस्थापन गर्दा सडकमा पानी जम्ने समस्यामा केही कमी आए पनि आज दिउँसो ठूलो पानी परेपछि फेरि सडक जलमग्न बनेको हो ।
News Desk 0 response शनिबार, असार २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





