• नेपालमा थप २ हजार १ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ६ हजार ५ सय ३० पीसीआर परीक्षणका क्रममा १ हजार ३ सय ५५ र ३ हजार ८ सय ८७ एन्टिजेन परीक्षणका क्रममा ८ सय १६ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार २ सय ५७ पुगेको छ ।

    त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ९ हजार ३ सय ६२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३२ संक्रमित निको भएका छन् ।

    योसँगै नेपालमा निको हुनेको संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको छ । हाल देशभर २६ हजार ४ सय ८९ जना संक्रिय संक्रमित आइसेलेसनमा र ३ सय ८ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म संक्रमण पहिचानका लागि ३४ लाख ९ हजार ९ सय ४० वटा नमुना पिसिआर र २ लाख ३१ हजार ९४ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

4565