• नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् । शनिबार क्रियाशिल सदस्यता छानविन समितिको काम अवलोकनमा पुगेका पौडेलले व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्ति परिवर्तनका लागि पनि सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट हटाउनुपर्ने बताएका हुन् । उनले पार्टीको आगामी नेतृत्वका लागि आफ्नो समुहबाट साझा उम्मेदवार बनाउने कोशिष भईरहेको पनि बताए ।

    नेता पौडेलले आफुले दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई समर्थन गर्न पनि आफु तयार रहेको बताए । तर, त्यसका लागि चित्तबुझ्दो कारण भने हुनुपर्ने उनको भनाइ थियो । नेता पौडेलले भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरित हुने र पार्टीमाथि नै प्रश्न चिन्ह खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको बताए ।

4565