• विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा दर्शक नराखिने भएको छ । यही जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिक दर्शक विना नै आयोजना गरिने भएको हो । कोरोना महामारीलाई ध्यानमा राख्दै ओलम्पिकमा दर्शकलाई प्रवेश नदिइने निर्णय गरिएको हो ।

    जपान सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोकियो २०२० आयोजक समिति र टोकियो मेट्रोपोलिसननबीचको बैठकले दर्शकलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो । आयोजित समितिका अध्यक्ष सेइको हासिमोटोले दर्शकलाई प्रवेश अनुमति दिन नपाउँदा दुःख लागेको बताएका छन । उनले ओलम्पिकका लागि टिकट लिइसकेकाहरुसँग माफी समेत मागेका छन् ।

    ओलम्पिक शुरु हुन अब दुई साता मात्र बाँकी छ । ३१औं गृष्मकालीन ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुँदैछ । ३३ खेलका ३ सय ३९ इभेन्ट हुनेछन् भने प्रतियोगितामा करिब ११ हजार खेलाडीले सहभागिता जनाउनेछन् । फुटबल र सफ्टबलका खेलहरु भने जुलाई २१ मै शुरु हुनेछन् ।

4565