• पर्वतको कुस्मामा गएराति बाढीले बगाएको कार फेला परेको छ । बगेको ठाउँबाट डेढ किमी तल मोदी नदीमा प्रदेश नम्बर ३–०१०२३ च ३६४२ नम्बरको कार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीले जानकारी दिए । कारमा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माणमा खटिएका लामा कन्ट्रक्सनका साइट इन्चार्ज ओभरसियर राजाराम आचार्य, कार चालक इन्द्र थारुसहितका यात्रु सवार थिए । सुरुमा प्रहरीले कारमा अर्का स्थानीयसहित तीन जना सवार रहेको जानकारी गराए पनि स्थानीयले भने कारमा ओभरसियर आचार्य र चालक चौधरीमात्रै सवार रहेको बताएका छन् ।

    मोदी नदीमा अहिले पनि ठूलो बाढी आइरहेकाले कारलाई बाहिर निकाल्न सकिएको छैन । उनीहरु सडक निर्माणस्थलबाट बास बस्ने क्याम्पमा जाँदै गर्दा एक्कासी उर्लिएर आएको खहरे खोलाको बाढीमा परेका स्थानीयले बताएका छन । उद्धारको लागि अहिले गण्डकी प्रदेशको विपत व्यवस्थापन गुल्मका सुरक्षाकर्मी, सशस्त्र र नेपाली सेनाको टोली परिचालन भएको छ । सुन्दर खोलामा आएको बाढीले नदी किनारका केही घर र टहरा पनि बगाएको प्रहरीले जनाएको छ ।।

4565