• राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु २४ घण्टाको लागि थपिएको छ । राप्तीकी सुजिता भण्डारीको मृत्युको बिषयलाई लिएर भइरहेको विरोध प्रदर्शन उग्रभएपछि स्थानिय प्रशासन हिजो बेलुका ७स्३० बजेदेखी आज बेलुका ७स्३० बजेसम्मकोे लागि राप्तीको डडुवादेखी लोथरसम्मको राजमार्ग क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

    अवस्था सामान्य नभएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले भोली बेलुका ७।३० बजेसम्मको लागि कर्फ्यु थप गरेको हो । स्थानियहरुलाई अत्यावश्यक वस्तु खरिद गर्नको लागि बिहान ५ बजेदेखी ८ बजेसम्मको समय खुल्ला गरिएको जनाइएको छ । उक्त समयमा बढीमा तिनजनासम्म मात्रैसँगै हिड्न पाउने छन् ।

4565